Saturday, June 6, 2026

कलैयामा कम्प्युटर एशोसियसन नेपालद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

spot_img

कलैया,२१ भदौ । कलैयामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कम्प्युटर एशोसियसन नेपाल महासंघ बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा बाराको सदरमुकाम कलैयास्थित भरत चौकमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्यान महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह र संयुक्त रूपमा रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए। सो कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी पर्साले जनाएको छ ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले रक्तदान कार्यक्रम सम्पूर्ण संघ-संस्थाले नियमित रूपमा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। त्यस्तै नेपाल रेडक्रस सोसाइटी पर्सामा रगतको चरम अभाव रहेकोले उक्त रक्तदान कार्यक्रम गरिएको क्यान महासंघका अध्यक्ष लक्ष्मण चौधरीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका पूर्व उप-सभापति पवन ब्याहुत, क्यान महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश शर्मा, बाराका पूर्व जिल्ला अध्यक्ष संजय केशरी, सदस्यहरू सुनैना यादव, सुमित्रा चौधरी, जिल्ला कार्य समितिका पदाधिकारी, भी-नेटका संचालक राजेश पण्डित तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो। भने कार्यक्रमको संचालन अनिल प्रसाद चौरसियाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर