23.4 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
23.4 C
Kalaiya
Thursday, October 30, 2025

बारामा अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा

spot_img
spot_img

कलैया, २२ भदौ । सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक सुनिल कुमारको कमाण्डमा सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५ क्युफिट सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

Advertisement

उक्त बरामद गरिएको काठ र ट्याक्टरको अन्दाजी मूल्य रु. १० लाख ६० हजार बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ। त्यस्तै मटिअर्वा सिमा इलाका प्रस्ताबित सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलिले शनिबार कलैया उपमहानगरपालिका–१० मटिअर्वा नजिक भारततर्फबाट भन्सार छली ल्याउँदै गरेको रेडिमेन्ट कपडा बरामद गरेको छ ।

Advertisement

उक्त कपडाको अन्दाजी मुल्य रु. ३० हजार र रु. १ लाख रुपैयाँ बराबरको मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

Advertisement

उनका अनुसार बरामद गरिएको काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सब-डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!