Sunday, September 27, 2026

जितपुरसिमरा उपमहानगरपालिकाले आइतबारदेखि सेवा सुरु गर्ने

Advertisement
Advertisement

कलैया,२८ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह गर्ने भएको छ। उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले एक सूचना जारी गरी यसबारे जनाएका हुन्।

सूचनामा भदौ २४ गतेको आन्दोलनबाट यस उपमहानगरपालिका तथा मातहतका केही वडा कार्यालयहरु समेत आगजनीले नष्ट भएको कारण उपमहानगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु स्थगन गरिएको थियो।

भाद्र २९ गते देखी जीतपुरसिमरा उपमहानगरपालिका तथा मातहतका कार्यालयहरुबाट सम्पूर्ण सेवाहरु (राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बाहेक) सूचारु गर्न/गराउन साथै सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थाहरुमा पठन–पाठन समेत सुचारु गर्न÷गराउन हुन सम्बन्धित सबैलाई निर्देशानुसार सूचनामा साहले अनुरोध गरेका छन्।

आगजनी तथा क्षतिग्रस्त भएका वडा नं.११.१२.१३,१४,१५ र १६ का वडा कार्यालयहरुको हकमा भने सम्बन्धित वडा समितिले आवश्यक निर्णय गरी अर्को सूचना प्रकाशन गरे पश्चात सेवा प्रवाह सुचारु हुने जानकारी सो सूचनामा दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर