Friday, June 5, 2026

जीतपुरसिमरामा चार जनालाई मार्ने बाघ अझै समातिएन

spot_img

जीतपुर,३० भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतको बन क्षेत्रमा मानिसलाई आक्रमण गरेर मार्ने बाघ अझै नियन्त्रणमा आउन सकेको छैनन ।

बाघलाई प्रयास गरिएपनि बन कार्यालय र निकुञ्ज सफल हुनसकेको छैन् । जसले गर्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ । तीन महिनाको अवधिमा मात्र जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न जंगल क्षेत्रमा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका थिए ।

पहिलो घटना गत असार ४ गते वडा नं.२२ को दक्षिणकाली सामुदायिक बनमा बाख्रा चराउँदै गरेका चन्द्र बहादुर भ्लोनलाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । दोस्रो घटना भाद्र ११ गते वडा नं.२१ पथलैया–अमलेखगंज सडक खण्ड नजिक घाँस काट्न गएका कृष्ण कुमार शर्मा मृत फेला परे ।

तेस्रो घटना भाद्र १८ गते रमेश कार्की हराएको केही दिनपछि जंगलमा उनको शव भेटिएको थियो, जसमा बाघको आक्रमणको आशंका गरिएको छ । चौथो घटना भाद्र २२ गते वडा नं.१ मा च्याउ टिप्न गएका छेवाङ लामा बाघको आक्रमणमा परी ज्यान गुमाएका थिए ।

यता लगातार मानवीय क्षति भएपछि डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा नियन्त्रण तथा व्यवस्थापनका प्रयासलाई तीव्र पारेका छन् । समस्याग्रस्त बाघको पहिचानका लागि विभिन्न स्थानमा क्यामेरा ट्र्याप जडान, प्राविधिक टोली, हात्ती तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

साथै, सौराहा चितवनबाट विशेष डार्टिङ टोली समेत ल्याइएको छ तर अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सफल हुन नसकेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।बाघ नियन्त्रणका लागि लाइभ बेइटिङ (जिवित पाडो प्रयोग) सहितका प्रयास भइरहेका भए पनि प्राविधिक टोलीले अझै सफलता हात पारेको छैन ।

यसबीचमा पर्सा राष्ट्रिय निकुञ्जले स्थानीयवासीलाई अत्यन्त सतर्क रहन आग्रह गर्दै सूचना जारी गरेको छ । निकुञ्जले वन क्षेत्रमा अनावश्यक प्रवेश नगर्न, च्याउ टिप्न वा अन्य काममा जाँदा समूहगत रूपमा मात्र जान र प्रभावित क्षेत्रमा यातायात आवागमन आवश्यकतानुसार रोक्ने व्यवस्था मिलाइएको जनाएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले स्थानीय तह, सुरक्षा निकाय तथा उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताए ।

डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याग्रस्त बाघ नियन्त्रणका लागि प्रयास निरन्तर जारी रहने जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर