Friday, June 5, 2026

लुटिएका सामान फिर्ता गर्न देवताल गाउँपालिकाको आग्रह

spot_img

कलैया,३० भदौ । बाराको देवताल गाउँपालिकाले लुटिएको सामान फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

जेन–जी आन्दोलनको दुरुपयोग गर्दै देवताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसरमा राखिएको २०० के.भि. को निक कम्पनीको ट्रान्सफरमर लगायत जिन्सी सामग्रीहरु लुटेर लग्ने व्यक्तिहरुको अनुहार यस देवताल गाउँपालिकामा रहेको सिसिटिभि क्यामराको रेकर्डिङ्गमा प्रष्ट रुपले देखिएको जनाइएको छ।

उक्त सामानहरु यथाशिघ्र जुन अवस्थामा लगिएको हो सोही अवस्थामा यस देवताल गाउँपालिकाको कार्यालय पिप्राढी गोठमा बुझाई दिन अनुरोध गरिएको छ।

उक्त समानहरु नबुझाएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी वढाइने जानकारी सो सूचनामा रायले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर