Sunday, September 27, 2026

बारामा मनाइयो विश्वकर्मा पूजा

Advertisement
Advertisement

कलैया, १ असोज । बारामा बुधबार विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखना, उधोग , साईकल मिस्त्री, मोटरसाईकल मिस्त्री, कार ,बस , जिप मिस्त्री, राईस मिल, बस बडी कारखाना, ईलेकट्रिकल्स, फर्निचर उधोग सञ्चार माध्यम, प्रेस, लगायतकाले निर्माण देवता बाबा विश्वकर्माको पुजा आराधना भब्यताका साथ गरेका हुन ।सवारी धनीहरुले समेत आफनो सवारी साधनको सरसफाई गरी विश्वकर्मा पूजा गरेका छन।

सञ्ञ्चारकर्मीहरुले आफनो कम्पयुटर, ल्यापटप ,कैमरा, लगायतको पूजा गरेका हुन ।बिहान नुवाई धुवाई गरी, पसललाई सफा सुगर बनाएर बाबा बिश्वकर्माको पूजाआजा गरिएको हो ।जिल्लाको १६ पालिकामा उक्त पूजा हर्साेउल्लासका साथ गरिएको छ ।

कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामान, सवारी साधन लगायतमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

नयाँ सवारीसाधान खरिद गरेपछि पूजा गरि चलाउन यस दिनलाई उतम मानिन्छ । विश्वकर्माको पूजाका अवसरमा बाराको गढीमाई मन्दिरमा मन्दिरमा सवारी साधनको पूजा गर्नेहरुको घुईँचो लागेको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर