कलैया, ४ असोज । केहिदिन अघि भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा कुल २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४ सय ८२ रुपैयाँ बराबरको बीमा दावी भएको हो । हालसम्म एक हजार ९ सय ८४ वटा बीमा दावी भएको प्राधिकरणले जनाएको छ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिट्टै पुरा गर्ने जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन संघले आग्रहसमेत गरेको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा क्षति पुगेको हो।

















