कलैया, ५ असोज । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य तोलामा ११ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन हाल सम्मकै उच्च रहेको छ ।
यस अघि शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको २ हजार ६ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

















