कलैया, ७ असोज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड एक लाख ३२ हजार ८ सय २४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड राजस्व संकलन भएको छ । त्यस्तै ६ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा ४ अर्ब ५४ करोड राजस्व संकलन भएको छ ।
चालु आवको दुई महिनामा ५ अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

















