कलैया, ८ असोज । नेपाली बजारमा आज पनि सुनको मुल्यमा उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि हिजो मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनिआज नयाँ रेकर्ड कायम भएको छ । चाँदी बुधबार प्रतितोला २० रुपैयाँले बढेर दुई हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस अघि मंगलबार चाँदी प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

















