25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

देशका विभिन्न ६ वटा ठाउँमा राजमार्ग अवरुद्ध

spot_img
spot_img

कलैया, १३ असोज। अविरल वर्षा, पहिरोका कारण देशका विभिन्न ६ वटा ठाउँमा राजमार्ग अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार आज सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Advertisement

त्यस्तै मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ। रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण सडक अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त ठाँउहरुमा पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!