कलैया, १३ असोज। आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले असार १६ गतेदेखि जिप सफारी बन्द गरेको थियो।
आजदेखि जिप सफारीका लागि अनुमति दिइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । उनका अनुसार निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट ९ वटा जिप सञ्चालन भएका छन् ।
यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्न लागेको हो ।

















