30.6 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, October 23, 2025

कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

spot_img
spot_img

कलैया, १५ असोज। आज दसैँको महानवमीका दिन घरघरमा कन्यापूजन गरी नवरात्रि पर्वको समापन गरिदै छ। घटस्थापनादेखि ९ दिनसम्म व्रत बसेका परिवारहरूले नवौँ दिनका अवसरमा आफ्नो घर वा छिमेकका ९ जना कन्यालाई बोलाएर पूजापाठ गर्ने परम्परा छ।

Advertisement

पूजाका क्रममा कन्याहरूको खुट्टा धोएर टाउकोमा चुनरी राखिन्छ, फूल र प्रसाद चढाइन्छ र पूजा सकेपछि हलुवा, पुरी तथा चना खुवाएर सम्मानका साथ विदाई गरिन्छ। यसरी कन्यापूजन गर्नुले घरमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास रहदै आएको छ।

Advertisement

कन्यापूजन मातादुर्गा भवानीको रूपमा गरिन्छ र यस दिन घरमा आशीर्वाद लिँदा वर्षभरि मङ्गलकामना पुरा हुने विश्वास रहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!