Saturday, August 1, 2026

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हराएको सुचना भन्दै बारामा युवाहरुको प्रदर्शन 

कलैया, ०१ कार्तिक। विभिन्न १४ वटा माग राख्दै ५ दिनदेखि आन्दोलनरत बाराको आदर्श कोतवाल गाउँपालिकाका युवाहरुले शनिबार पनि प्रदर्शन गरेका छन्।

“गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हराएको सुचना” को ब्यानर लिदै आदर्श कोतवाल गाउँपालिका वडा नं ४ हरनैया चौकमा युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा ५ दिनदेखि सम्पर्कविहीन भएका अध्यक्ष र उपाध्यक्षलाई खोज्दै युवाहरुले ब्यानर लिई नाराबाजी गरेका थिए।

यस्तै युवाहरुले सम्पर्कविहीन भएका जनप्रतिनिधिलाई हराएको भन्दै युवाहरुले कहिकतै फेला परे गाउँपालिका कार्यालयमा पुर्याइदिन वा बाटो देखाइदिन आग्रह गरेका थिए। उता युवाहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेदेखि नै कार्यालयको काम कारवाही ठप्प भएको छ।

के माग छ युवाहरुको?

-भ्रष्टाचार नियन्त्रण,

-सेवा प्रवाहमा सुधार,

-स्ट्रिट लाइट जडान,

-विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै -उपभोक्ता समिति गठन,

-सामाजिक सुरक्षा भत्ता घरमै वितरण,

-गाउँसभा जनसहभागितामूलक बनाउने,

-किसानका बाली क्षतिपूर्ति व्यवस्था,

-वडा नं. ५ को रुपौलिया-मेवा सडकको डुबान समस्या समाधान,

-स्वास्थ्य चौकीमा औषधी अभाव अन्त्य, -विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन तथा अतिक्रमित विद्यालयको जग्गा फिर्ता गराउन पहल,

-मठमन्दिर र बजार व्यवस्थापन,

-कर्मचारीको नियमित उपस्थिति,

-पटेर्वा चौकमा सिसिटिभी क्यामेरा जडान तथा

-पटेर्वा खेलमैदानको मर्मत रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर