कलैया, १६ असोज। नेपाली महिला राष्ट्रिय टोली टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ ।
मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०१ रन मात्रै जोड्न सक्यो ।
नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।