कलैया, १८ असोज। आईसीसी टी-२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई अभ्यास खेल खेल्ने भएको छ ।
पहिलो खेल आज नेपालले ओमानसँग खेल्दै छ। खेल नेपाली समय अनुसार राती पौने ९ बजेदेखि सुरु हुनेछ । ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सोमबार दोस्रो खेल कतारसँग खेल्नेछ ।
अभ्यास खेल पछि टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।