कलैया, १९ असोज । सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।
अहिले कोशी ब्यारेजमा रहेको ५६ वटै ढोका खोलिएको छ । कोशी ब्यारेजमा आइतबार बिहान ९ बजे गरिएको मापन अनुसार ४ लाख ३२ हजार ५०० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ ।
ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पुष्टि गरेका छन ।
नदीमा एक लाख ५० हजार क्यूसेक बहाव पुग्दा खतराको संकेतस्वरूप ब्यारेजमा बत्ती बालिन्छ ।