कलैया, १९ असोज । बाराको दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा एक जना बेपत्ता भएका छन ।
कलैया–बिरगंज सडकखण्ड प्रसौनी स्थित दुधौरा पुलमा टिकटक भिडियो बनाउने क्रममा दुई जना युवाहरू पुलबाट नदीमा हाम फालेका थिए ।
प्रसौनी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय बिक्की गिरी र अर्का एक जना नाम नखुलेको युवा नदीमा खसेका थिए ।
सो क्रममा त्यि युवा बाहिर आएको र अर्को एक जना गिरी बेपता भएका छन । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणको गोताखोरले खोजीकार्य सुरु गरेको छ ।