Sunday, August 16, 2026

रौतहटमा खोलाले बगाउँदा एक बालकको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २० असोज। रौतहटमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका वडा नम्बर ८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

घर नजिकै रहेको बकैया खोलामा नुहाउन गएका अरवाजलाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको हो। आज दिउँसोको समयमा खोलाले बालकलाई बगाउँदा स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुर र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी घटनास्थलमा खटिएको थियो।

प्रहरीले बालकलाई फेला पारेर उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र मा लगिएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर