Monday, August 10, 2026

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कलैया, २० असोज। सरकारले आगामी कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यस आर्थिक वर्षमा पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक २० र २१ तय गरिएको जनाएको हो।

महाशाखाका अनुसार उक्त कार्यक्रम अन्तर्गत पहिलो चरण प्रत्येक वर्ष कात्तिक २ र ३ गते हुने गरे पनि यस वर्ष तिहार परेका कारण मिति सारिएको हो। उक्त दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर