21.9 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
21.9 C
Kalaiya
Thursday, October 23, 2025

न्यायपरिषद् तानिए जिल्ला अदालत बाराका न्यायाधीश ढकाल

spot_img
spot_img

कलैया, २२ असोज। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश भोला ढकाललाई न्याय परिषद्मा काजमा झिकाएका छन् । न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा कैफियत गरेको उजुरी परेपछि काज बोलाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

Advertisement

यसअघि, जिल्ला अदालत बाराको बार एसोसिएसनले न्यायाधीश ढकालको आदेशमा गम्भीर असहमति जनाउँदै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । न्यायाधीश ढकालले जेनजी आन्दोलनलगत्तै अदालतमा नियमित सुनुवाइ नै नभएको अवस्थामा फरार व्यक्ति धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

Advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फरार रहेका भारतीय नागरिक अशोककुमार सिन्हा र नेपालको समेत नागरिक रहेकी उनकी छोरी निवेदिका सिन्हालाई धरौटीमा छोड्ने आदेश भएपछि बारा जिल्ला अदालत बार एशोसिएसनले उनको इजलास नै बहिष्कार गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

Advertisement

न्यायाधीश ढकालले अदालतमा उपस्थित गराइएका भनिएका व्यक्तिहरू अशोककुमार सिन्हा र निवेदिका सिन्हा नभई डमी व्यक्ति खडा गरिएको र उनीहरूको आधार कार्डहरू मात्रै हेरेर उनीहरूलाई धरौटीमा छाडिएको आरोप छ । न्यायाधीश ढकालमाथि परिषद्ले थप अनुसन्धानका लागि काजमा तानिएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!