कलैया, २२ असोज। नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२०आई शृंखलामा जित हासिल गरेको छ । आज सम्पन्न भएको अन्तिम तथा पाँचौं खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले जित हासिल गरेको हो। शृंखलामा भएको ५ वटा खेलमा ३–२ ले नेपाल जितेको हो।
आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो।
यस अघि भएको अन्य ४ खेल मध्ये मलेसियासँग नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित भएको थियो भने चौथो खेलमा ६ विकेटले विजयी थियो ।

















