21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

spot_img
spot_img

कलैया, २३ असोज । सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना७ख २६५ नम्बरको यात्रुवाहक बसबाट खसेर सहचालकको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा लहान नगरपालिका–१ का २१ वर्षीय सहचालक पवनकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रमेश पालले जानकारी दिएका छन ।

Advertisement

बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Advertisement

प्रहरीले बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर