कलैया, २९ असोज। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आज १० वटा रिट दर्ता भएका छन् । उक्त दर्ता भएको रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेश र प्रधानमन्त्री शुशीला कार्कीको नियुक्ति बदर माग गर्दै मङ्गलबार पेस भएका १० वटा रिट निवेदन दर्ता भएका हुन् । दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।