कलैया, ३० असोज। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको सम्बन्धमा आज (बिहिबार) राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुने बताइएको छ ।
दलहरु सँग आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई्ले जानकारी दिएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।