कलैया, ९ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। मौजुदा मन्त्रिपरिषद्मा आज ४ जना नयाँ मन्त्री थपिने भएका छन् ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन । चार नयाँ मन्त्रीहरूलाई आज दिउँसो २ः ३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गराइने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, भूमिसुधार मन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका हुन।

















