Wednesday, July 1, 2026

छठ पर्व आजदेखि विधिपूर्वक सुरु, आज नहाय-खाय विधि

कलैया, ८ कात्तिक । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । पहिलो दिन आज (शनिबार) नहाय खाय विधि गरी मनाइँदै छ । आजको दिन व्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।

छठको दोस्रो दिन भोलि आइतबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति कूल देवताको पूजा गरि अरवा अरबाईन (विनानुन हालेको)खानेकुरा खाने चलन छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ । साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन ।

व्रतीहरूले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ्य अर्पण गर्नेछन । त्यसको भोलिपल्ट अर्थात मङ्लवार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ्य दिई चार दिनको विधि अनुसार छठ पर्व सम्पन्न हुने गर्छ ।

छठ पर्वको तयारीले अहिले बारा जिल्ला उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बाराको सदरमुकाम कलैया ,जितपुर लगायत अन्य ठाउँको बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर