21.9 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.9 C
Kalaiya
Saturday, November 1, 2025

ठुली एकादशी ब्रत आज तुलसी विवाह गरिदैं

spot_img
spot_img

कलैया, १५ कात्तिक। आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् ।

Advertisement

धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वासका साथ आजको एकादशीलाई विशेष मानिन्छ । आजको दिन तुलसीको विवाहको दिन पनि हो । वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ ।

Advertisement

मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ । हिन्दु धर्मावलम्बीहरूले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

Advertisement

तुलसी विवाहको फाइदा

एकादशीको दिन तुलसी तथा भगवान् शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरू अन्त्य हुने धार्मिक विश्वास छ । जो व्यक्तिहरूको विवाह भएको हुँदैन, ती व्यक्तिहरूको विवाह हुने निश्चित हुन्छ । यति मात्र होइन, तुलसी विवाह गराउनाले कन्यादान जस्तो पुण्य प्राप्त हुन्छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान् विरोधी भएर त्रिलोकपति बनेर बसेका थिए ।

वृन्दाको पवित्रताका कारण उनका पति अजेय र शक्तिशाली रहेका थिए । जसको परिणाम महादेवले पनि उनलाई हराउन सकेनन् ।

त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिएको थाहा पाएर वृन्दाले आत्मदाह गरिन् ।

उनको खरानीको थुप्रोमाथि उम्रिएको एक वनस्पतिलाई विष्णुले तुलसीको नाम दिए । यस्तै सँगै रहेको एक ढुंगालाई आफ्नो रूप ठानी शालिग्रामको रूपमा प्रख्यात हुने बताए । फलस्वरूप कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बसेको मानिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर