22.4 C
Kalaiya

Thursday, November 13, 2025
spot_img
22.4 C
Kalaiya
Thursday, November 13, 2025

डेडिकेटेड र ट्रङ्क लाइनअन्तर्गत जगदम्बाले बुझायो रु ५ करोड ७२ लाखको पहिलो किस्ता

spot_img
spot_img

सिमरा,२७ कात्तिक । डेडिकेटेड र ट्रंकलाइन अन्तर्गत जगदम्बा स्टिल्स उद्योगले बुधबार वक्यौताको पहिलो किस्ता रकम बुझाएको छ । उद्योगले पहिलो किस्ता स्वारुप विद्युत प्राधिकरण सिमरा शाखामा रु पाँच करोड ७२ लाख रुपैयाँ बराबरको चेक बुझाएको प्राधिकरण स्रोतले जानकारी गराएको छ ।

Advertisement

जगदम्बा स्टिल्सविरुद्ध मात्रै चार अर्ब १४ करोडको बक्यौता प्राधिकरणले दाबी गरेको छ । जगदम्बाले बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुधबार साँझदेखी उद्योगमा पुन लाईन जोडिएको छ ।

Advertisement

प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् बक्यौता नतिरेपछि २५ ठुला उद्योगहरु मध्ये बिजुली लाईन काटेपछि झण्डै १६ वटा उद्योगले बक्यौता रकम बुझाउन थालेको प्राधिकारण स्रोतले जानकारी दिएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरणको विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै प्राधिकारणले २५ ठुला उद्योगहरुको विद्युत लाईन काटेको थियो । सोही अन्तरगत बारा र पर्साको औद्योगिक करिडोरको सिमरामा रहेको जगदम्बा स्टिल्सको पनि प्राधिकरणले लाईन काटेको थियो ।

प्राधिकारणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेका कारण गत कात्तिक ४ र ७ गते जगदम्बाको पनि लाईन काटेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर