Friday, August 14, 2026

बारामा उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, ५ व्यवसायीमाथि कारबाही

कलैया, २६ कात्तिक। बाराको जितपुर स्थित बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले अनुगमन गरेको छ। अनुगमनको क्रममा ५ जना व्यवसायीमाथि कारबाही गरिएको छ।

अनुगमन टोलीले बजारमा विक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात जाँच गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको हुँदा सोही आधारमा कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजले जनाएको छ ।

बणिज्य कार्यालयका अनुसार बजार अनुगमन दैनिक कार्य अन्तर्गत पर्ने भएकाले यसलाई छड्के रुपमा अनुगमन गरी निरन्तरता दिइरहने जनाएको छ ।

अनुगमन टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्रतिनिधि ,ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर