22.7 C
Kalaiya

Tuesday, December 16, 2025
spot_img
22.7 C
Kalaiya
Tuesday, December 16, 2025

बारामा रहेको रिलायन्स सुगर मिलको डोङ्गा पुजा सम्पन्न

spot_img
spot_img

कलैया,०१ पुस । बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईन्डस्ट्रीजका मुख्य संचालक वीरेन्द्र संघाइले किसान अन्नदाता भएकाले भुक्तानी रकम समयमै मिल्नु पर्ने बताएका छन् ।

Advertisement

बाराको कलैया उपमहानगरपालिका –२४ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलको डोङ्गा पुजामा सोमबार उनले यस्तो बताएका हुन् ।उनलेदुई र तिन दिनमा चिनी मिल संचालनमा आउने उनले बताएका छन् । साथै किसानले खेतमा धेरै मात्रामा उखु लगाउन मुख्य संचालक संगाईले आग्रह गरे ।

Advertisement

प्रत्येक बर्ष चिनी मिलमा उखु क्रसिङ्ग भन्दा पहिले विशेष पुजापाठ गरि मिल सन्चालन गर्ने परमपरा रहदै आए हुँद सो पुजा गरिएको क्यान मेनेजर अवध झाले जानकारी दिए । क्यान म्यानेजर झाले उखु चलानको म्यासेज आएपछि आफ्नो समयमा उखु ल्याउन आग्रह गरेका छन् । फ्याक्ट्रिमा कुनै पनि समस्या वा नोक्सानी नहोस भनेर आफ्नो उखुको जरा र टप सफा गरेर मिलमा ल्याउन किसानलाई आग्रह गरे । साथै उखुको भुक्तानी समयमै हुने उनले बताए ।

Advertisement

त्यसैगरी उखु किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले साल भरीको मेहनतको परिणाम र बाली बेच्ने मौका आएको बताएका छन् । त्यस कारण किसान हर्षित भएको तथा यसमा पनि सरकारले थोरै भएपनि समयमा रेट अनुदान टोकेको कारण बारासहित देशभरीको किसान खुशी भएको उनले बताए । बिना चलानको उखु नल्याउन उनले किसानलाई आग्रह गरेका छन् साथै मिलले जुन बेलादेखी चलान दिन्छ वा पाइसकेपछी मात्र उखु ल्याउन उनले सुझाव दिएका छन् ।

चलाएको उखु नियमले १५ दिन भित्र भुक्तानी दिनु पर्ने हुँदाहुँदै रिलायन्स मिलले ५ सालदेखि ७ दिन भित्रै उखुको भुक्तानी दिदै आएको उनले बताएका छन् । उनका अनुसार भुक्तानीमा बाराका किसानलाई कुनै पनि समस्या नरहेको र मिलले आकस्मिकमा पनि भुक्तानी गर्दै आएको बताए । किसान संघ र रिलायन्स मिलका कर्मचारीहरु हमेशा संवादमा रहेको र कुनै पनि किसानलाई केही समस्या भएको खण्डमा समस्याको समाधान गर्ने अध्यक्ष कुशवाहाले बताएका छन् ।

किसान त्यति बाठो हुदैन,पढेको पनि हुदैन,पत्रपत्रिका पनि पढ्दैन,खेतमा काम गर्छन् तर रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल ) ले भाडा र तेलको नाममा किसानहरुलाई ठगदै आएको आरोप लगाएका छन् । बाराको पनि किसानहरुलाई विभिन्न प्रलोभनमा पारेको उनले बताए । मिलले गत वर्षको उखुको भुक्तानी अहिलेसम्म गर्दै आएको उनले समेत बताए । उक्त मिले किसान ठग्ने ‘महाठग’ रहेको उनले बताए । साथै त्यहा उखु नदिन समेत किसानहरुलाई आग्रह गारेका छन् ।

पछिल्लो बर्ष २५ लाख ११ हजार क्विन्टल उखु क्रसिङ्ग भएकोमा यो बर्ष ३२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको मिलका जेनेरल म्यानेजर गौरव सिलोडियाले जानकारी गराए । सिलोडियाले सहज उखु चलान तथा भुक्तानी गर्ने नेपालको एक नम्बर चिनिमिल रिलायन्स चिनिमिल रहेको सारा नेपाली उखु किसानलाई थाहा भएकोले यो नै हाम्रो बलियो आधार भएको बताएका छन् ।

उक्त पुजा समारोहमा उखु किसान संघ बाराका सल्लाहकार मुकेश कुश्वाहा,नेपाली कांग्रेसका नेता रामानन्द यादव,किसान,मिलका कर्मचारी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर