Saturday, September 26, 2026

दुई दिनदेखि बढेको चिसोले बारामा जनजीवन प्रभावित

Advertisement
Advertisement

कलैया,०५ पुस । बिगत दुई दिनदेखि बढेको अत्याधिक चिसोका कारण बाराको जनजीवन प्रभावित भएको छ। शितलहरका कारण अत्याधिक चिसो बढेपछि जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिकाको जनजीवन प्रभावित बनेको हो।

चिसोले जिल्लाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आर्दशकोतवाल गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।

दिनभरी पश्चिमी हावा चल्न थालेपछि चिसो बढदै गएको छ। चिसोबाट जोगिन मानिसहरु आगोको सहारा लिन थालेका छन्। चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ। चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी ,ज्वरो, कोलडायरीया लगायतका रोगहरु देखिएको कलैया अस्पतालले जनाएको छ।

चिसोबाट बच्नका लागी मानिसहरु मोटो कपडा लगाउन थालेका छन्। चिसो बढेपछि बाराको सदरमुकाम कलैयामा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको ब्यवसायीहरुले बताएका छन। मोटो कपडामा ऊनी सुईटर,मोफलर ,टोपी ,ज्याकेट लगायतको बिक्री बढेको छ । चिसो बढेपछि पशु पालक कृषकहरुलाई घाँस ल्याउन समस्या भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर