Saturday, September 26, 2026

बढ्दो चिसोलाई मध्यनजर गर्दै करैयामाई गाउँपालिकामा विद्यालय बिदा

Advertisement
Advertisement

कलैया,०८ पुस । केही दिनदेखि बढ्दो चिसो तथा शीतलहरका कारण विद्यार्थीहरूको पठन–पाठनमा असहजता उत्पन्न हुन थालेपछि बाराको करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आज एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस ९ गतेदेखि १२ गतेसम्म जाडो बिदा दिइएको जानकारी दिएका छन्।

सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू यथावत् समयमै सञ्चालन हुने छ। अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर