Wednesday, July 22, 2026

अत्यधिक चिसो बढेपछि बाराका सात पालिकामा विद्यालय बन्द

कलैया,०९ पुस  । अत्याधिक चिसो बढेपछि बाराको विभिन्न सात वटा पालिकाहरुले विद्यालयहरु बन्द गर्न सूचना जारी गरेका छन । त्यसैगरी अत्याधिक चिसो बढेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उप महानगरक्षेत्र भित्र रहेका निजी तथा सस्थागत बिद्यालयमा तीन दिनका लागि पठन पाठन स्थगित गरेको छ ।

बिगत केही दिन देखि बढेको अत्याधिक चिसोको कारणले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएको हुनाले पुस ९ गते बुधबार देखि पुस ११ गते शुक्रबार सम्मका लागि बिद्यालयमा पठन पाठन बन्द गरिएको छ । बर्षे बिदाबाट कटृा हुने गरी बिद्यालयमा पठन पाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी करैयामाई गाउँपालिकाले पालिका भित्र रहेका निजी तथा सस्थागत बिधालयमा तीन दिनका लागि पठन पाठन बन्द गरेको छ । बिगत केही दिन देखि बढेको अत्याधिक चिसोको कारणले बिधालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थयमा समेत प्रतिकुल असर पर्ने भएको हुनाले पुस ९ गते बुधबार देखि पुष ११ गते शुक्रबार सम्मका लागि बिधालयमा पठन पाठन बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन ।बर्षे बिदा बाट कटृा हुने गरी बिधालयमा पठन पाठन बन्द गरिएको उनले बताएका छन ।

यसैगरी अत्याधिक चिसो बढेपछि बाराको निजगढ नगरपालिकाले नगर क्षेत्र भित्र रहेका निजी तथा सस्थागत बिधालयमा तीन दिनका लागि पठन पाठन बन्द गरेको छ । बिगत केही दिन देखि बढेको अत्याधिक चिसोको कारणले बिधालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थयमा समेत प्रतिकुल असर पर्ने भएको हुनाले पुस ९ गते बुधबार देखि पुष ११ गते शुक्रबार सम्मका लागि बिधालयमा पठन पाठन बन्द गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद देवकोटाल जानकारी दिएका छन । बर्षे बिदा बाट कटृा हुने गरी बिधालयमा पठन पाठन बन्द गरिएको उनले बताएका छन ।

यसैगरी यसअघि देवताल गाउँपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, सिम्रौनगढ नगरपालिकाले विद्यालयहरुमा जाडो विदा दिईसकेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर