Saturday, September 26, 2026

अदालतबाट सजाय तोकिएका ९ जना फरार प्रतिवादी बारामा पक्राउ

Advertisement
Advertisement

कलैया,१७ पुस । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ। चोरी, चेक अनादर, लेनदेन विगो, सवारी ज्यान मुद्दामा फरार रहेको उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा इकाइहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका र वारदात पश्चात फरार रहेका मानिसहरूलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रहरीले चोरी मुद्दामा २० हजार दण्ड जरिवाना सजाय पाएका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ निवासी ४५ वर्षीय विनयकुमार साहलाई पक्राउ गरेको हो। चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना पाएका जितपुर सिमरा ९ का ५४ वर्षीय रामाकान्त हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै चेक अनादर मुद्दामा राममिलन प्रसाद कलवार, लेनदेन विगोमा चन्द्रदेब चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। त्यसैगरी चेक अनादर मुद्दामा नन्दकिशोर जयसवाल, राजकिशोर सिंह, तनवीर देवान, सवारी ज्यान मुद्दामा बाबुलाल साह कानु, चोरी मुद्दामा सुरज पटेललाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर