Friday, June 5, 2026

साढे चार वर्षपछि कलैयाबाट बिदा भए नाथु साह, रामविनय सिंहले सम्हाले कार्यभार

spot_img

कलैया,१९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको दुई उपमहानगरपालिकाहरु कलैया र जीतपुरसिमराकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको एकसाथ सरुवा गरेको थियो।

सरुवा भएका मध्ये कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएका छन भने जीतपुरसिमरा उपमहानगरपालिकामा भने हालसम्म मन्त्रालयले कसैलाई पनि पठाएको छैन ।

सामान्य प्रशासन मन्त्रालयले पठाएका उपसचिव रामविनय कुमार सिंहले कलैया उपमहानगरपालिकामा बुधबार हाजिर भएर कार्यभार सम्हालेका छन । पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत सिंहलाई मन्त्रालयले कलैया पठाएको हो ।

यता सिंह आएसंगै लामो समयदेखी कलैया उपमहानगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको बिदाइ गरिएको छ । उनलाई शुक्रवार श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयको सभा हलमा नगरप्रमुख विनोद प्रसाद साह,उपप्रमुख रौशन प्रविणसहित कर्मचारीहरुले सम्मानसहित बिदाई गरेका हुन् ।

अधिकृत साह २०७८ असोज २२ गते कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए । साहले करिब साढे चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा समय विताएका छन ।

साविक कलैया नगरपालिका समेत गरेर साह चौथो पटक कलैयामा सरुवा भई आएका थिए। कलैयाका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर