Saturday, September 26, 2026

बाराको कलैयामा एक युवकमाथि चक्कु प्रहार, गम्भीर घाइते

Advertisement
Advertisement

कलैया, १९ पुस । बाराको कलैयामा एक युवक माथि चक्कु प्रहार भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा अन्दाजी १८ वर्षका रबिन कुमार सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले घटनाको पुष्टि गरेका छन । जटाशंकरका अनुसार कलैया–४ स्थित कलैया गाउँ घर अगाडि सहनीमाथि चक्कु प्रहार भएको हो ।  उनका अनुसार आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन्।

घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सहनीको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा भएपछी थप उपचारका लागि उनलाई वीरगञ्ज लैजाने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर