कलैया,२० पुस । बिगत केही दुई हप्तादेखि बढेको चिसोले बाराको जनजिवन प्रभावित भएको छ ।
अत्याधिक चिसोले बारा जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिकाको जनजिवन प्रभावित भएको हो ।
चिसोले जिल्लाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आर्दशकोतवाल गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाको जनजिवन थप कष्टकर बनेको छ ।
चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी ,ज्वारो , कोलडायरीया लगायतका रोगहरु देखिएको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ ।



