Saturday, September 26, 2026

बाराका उखु किसान चलान नपाएर पीडामा, खेतमै उखु सुक्ने जोखिम

Advertisement
Advertisement

कलैया,२० पुस । बारामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आफ्नै जिल्लाका उखु किसानलाई चलान नदिँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। उखु बिक्री तथा ढुवानीका लागि आवश्यक चलान नपाउँदा किसानको उखु खेतमै सुक्ने र ठूलो आर्थिक नोक्सानी हुने जोखिम बढ्दै गएको हो।

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलले बारा जिल्लाका किसानलाई बेवास्ता गर्दै पर्सा र रौतहटतर्फ चलान दिने गरेको आरोप किसानहरूले लगाएका छन्। उद्योग बारा जिल्लामै स्थापना भए पनि यहाँका किसानलाई प्राथमिकता नदिइएको भन्दै किसानहरूले दुखेसो पोखेका छन्।

किसानका अनुसार महिनौँसम्म मेहनत गरेर लगाएको उखु अहिले चलान नपाए खेतमै बिग्रिन थाल्ने छ। “उद्योग हाम्रो जिल्लामै छ, तर उखु बेच्न बाहिरको जिल्लामा सहजता दिइन्छ, हामीलाई भने चलान दिइँदैन,” एक किसानले आक्रोश पोखे। उखु बेच्न नपाएपछि बैंकको ऋण, मल–बीउको खर्च र परिवारको दैनिक गुजारा सबै संकटमा परेको उनीहरूको भनाइ छ।

किसानका अनुसार उद्योगले बीउ वितरण र उखु रोपाइँको बेला भने विभिन्न आश्वासन र प्रलोभन देखाउने गरेको तर उखु तयार भई बिक्रीको समय आएपछि चलान नदिएर पन्छिने प्रवृत्ति देखिएको छ। “रोपाइँ गर्ने बेला मिलले नै उखु लगाउन प्रेरित गर्छ, तर उखु काट्ने समय आउँदा अर्कै जिल्लालाई प्राथमिकता दिइन्छ,” किसानहरूको गुनासो छ।

स्थानीय किसानहरू भन्छन्, “उखु खेतमै नोक्सान भए यसको जिम्मेवारी कसले लिन्छ? किसानको पसिना र श्रमको मूल्य किन सधैँ उपेक्षा गरिन्छ?” उद्योग नाफामा केन्द्रित हुँदा किसानको जीवन भने अन्योलमा परेको उनीहरूको गुनासो छ।

समयमै समाधान नआए आफुहरुको आक्रोश आन्दोलनमा रूपान्तरण हुन सक्ने चेतावनी पनि किसानहरूले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर