Monday, June 8, 2026

बारा: विवाहेत्तर सम्बन्धका कारण दुई जनाको हत्या प्रकरणमा पत्नी र प्रेमी पक्राउ

spot_img

कलैया, १५ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमका कारण आमाछोराको हत्या भएको घटनामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि बारा जिल्ला अदालतले बिहीबार पाँच दिनको म्याद थप गरेको छ।

पक्राउ पर्नेहरू मृतककी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो धानुक रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अदालतले दुवैलाई हिरासतमा राखी अनुसन्धान गर्न पहिलोपटक म्याद थप गरेको हो।  बुधबार बिहान करिब ३ बजे परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या गरिएको थियो। घटनामा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका ३१ वर्षीय छोरा रामईश्वर मण्डलको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार मनिता देवी मण्डलले आफ्ना प्रेमी धर्मेन्द्र महतो धानुकको सहयोगमा आफ्नो श्रीमान् रामईश्वर मण्डल र सासु सुमित्रा देवी मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका धर्मेन्द्र महतो धानुक प्रसौनी गाउँपालिका–७ बन्जरियाका स्थायी बासिन्दा हुन्। उनी वैदेशिक रोजगारीका क्रममा दुबईमा थिए। गत माघ ११ गते नेपाल आइपुगेपछि उनले मनितासँग मिलेर उक्त हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले मनितालाई उपचारपछि अस्पतालबाट र धर्मेन्द्रलाई विश्राम्पुर गाँउपालिका-४ मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। दुवैलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर