Monday, June 8, 2026

काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको यात्रुवाहक बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु

spot_img

कलैया, २७ माघ। रामेछापको सदरमुकाम मन्थली नजिकै आज बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ स्थित मसानटारमा सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

प्रहरीका अनुसार दुर्घटनामा बसका चालकसहित अन्य ६ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।

बसको ठुलो हिस्सा नदीमा डुबेको छ। अहिले संयुक्त सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन भैसकेको छैन । घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर