Monday, August 10, 2026

रामेछापमा बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, बेपत्ताको खोजी जारी

कलैया, २७ माघ। रामेछापको सदरमुकाम मन्थली नजिकै आज (मंगलबार) भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

काठमाडौँबाट ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ स्थित मसानटारमा सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो। मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्।

घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ भने केही गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल पठाइएको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी कार्य जारी राखेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मीको ठूलो उपस्थिति रहेको छ भने मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर