Sunday, November 8, 2026

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

Advertisement
Advertisement

कलैया, ०८ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

रमाइलोका लागि प्रयोग गरिने सामाजिक सञ्जाल टिकटकलाई निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको प्रभावकारी माध्यम बनाउने उद्देश्यले आयोगले यो नयाँ अभियान सुरु गरेको हो । यस प्रतियोगिता अन्तर्गत निर्वाचनको महत्त्व, मत हाल्ने सही तरिका र निर्वाचन आचारसंहिता जस्ता सन्देशमूलक विषयमा आधारित भएर एक मिनेटसम्मको भिडियो बनाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति वा समूहले आफ्नो मौलिक आवाज र अभिनयमा तयार पारेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरी आगामी फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ । प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी ‘भ्युअर्स’ प्राप्त गर्ने उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ । जसअनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिनेछ ।

आयोगका अनुसार यो प्रतियोगिताले विशेषगरी युवा वर्गलाई निर्वाचन प्रक्रियामा जोड्न र मतदातामा सचेतना फैलाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । भिडियोहरू संवादमूलक र सूचनामूलक हुनुपर्ने तथा त्यसमा प्रयोग गरिने सामग्रीमा आयोगको अधिकार रहने समेत प्रस्ट पारिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर