Saturday, June 13, 2026

वीरगन्जबाट चितवन जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

कलैया, १० फागुन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा आज (आइतबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ख ००५४ नम्बरको बस दुर्घटनामा परेको होजिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान बस अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको विद्युतको पोलमाठोक्किएको थियो।

दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्।घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि चितवन पठाइएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर