Sunday, June 7, 2026

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो

spot_img

कलैया, ११ फागुन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सोमबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये थप १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेको संख्या थपिएसँगै हालसम्म १८ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा गरी १९ जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र टिचिङ अस्पताल मलेखु एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर