Sunday, June 7, 2026

धनुषामा टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

spot_img

कलैया, ११ फागुन । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा परी एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।

मृतक महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्। आज बिहान भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ । घटनापछि ठक्कर दिने टिपर र त्यसका चालकलाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर