कलैया, १३ फागुन। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु भएको छ।
हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवैको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका– १ का २२ बर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङ रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।





