कलैया, १३ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रौतहट जिल्लाभर मदिरा बिक्री-वितरणमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक जरुरी सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरेको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि निर्वाचन नसकिएसम्म मदिरा बिक्री-वितरणमा निषेध गर्ने निर्णय गरिएको जानकारी दिएका छ्न्।
प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई सहयोग गर्न अपील गरेको छ।






