Monday, August 10, 2026

बारामा भोलिदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

कलैया, १४ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित ढंगले सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाराले कडा सुरक्षा रणनीति लागू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी गरिएको सूचना अनुसार निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भोलि (फागुन १५ गते) देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मदिराको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सूचनाको उल्लंघन गरी मदिराको कारोबार वा सेवन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

त्यसैगरी, निर्वाचनको समयमा हुन सक्ने घुसपैठ र आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल-भारत सीमा नाका समेत ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ। फागुन १८ गते सोमबार मध्यरातदेखि फागुन २१ गते बिहीबार मध्यरातसम्म बारा जिल्लासँग जोडिएका सबै भारतीय सीमा नाकाहरू सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् ।

मतदानको दिन फागुन २१ गते अनुमति प्राप्त नगरेका निजी तथा सार्वजनिक सवारी साधनहरू चलाउन नपाइने प्रशासनले जनाएको छ । यद्यपि, अत्यावश्यक सेवाका साधनहरू जस्तै एम्बुलेन्स, दमकल, खानेपानीका ट्याङ्कर, दूध बोक्ने गाडी, औषधि र अस्पतालका गाडी, सुरक्षा निकायका सवारी साधन, र कूटनीतिक नियोगका गाडीहरूलाई भने रोक लगाइने छैन।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर