Sunday, June 7, 2026

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा मनाइँदै

spot_img

कलैया, १८ फागुन। रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली आज पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। पहाडी क्षेत्रमा आजैका दिन होली मनाउने परम्परा रहे पनि बारासहित मधेशमा भने भोलि मंगलबार मात्र यो पर्व विशेष रूपमा मनाइने भएको छ।

यस अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ। वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई आपसी वैरभाव त्यागेर मेलमिलाप र सद्भावना साटासाट गर्ने अवसरका रूपमा लिइन्छ। असत्यमाथि सत्यको विजय भएको पौराणिक मान्यता अनुसार होलिका दहनको भोलिपल्ट होली खेल्ने गरिन्छ।

तराईमा होलीको अवसरमा रंगसँगै परम्परागत गीत ‘होरी’ गाउने र सामूहिक रूपमा नाचगान गर्ने चलन छ। बाराका स्थानीय प्रशासनले पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारेको छ। उच्छृङ्खल गतिविधि नगर्न, इच्छाविपरीत कसैलाई रंग नलगाउन र मदिरा सेवन गरी सवारी साधन नचलाउन जिल्ला प्रहरी कार्यालय बाराले सबैमा अनुरोध गरेको छ।

पहाड र तराईमा फरक–फरक दिन मनाइने भए पनि यो पर्वले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई जोड्ने काम गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर